FAQs Complain Problems

सूचना तथा समाचार

विदाई विषेश

यस रमणीय सुन्दर तीनपाटन गाउँपालिकामा विगत दुई वर्षदेखी कार्यरत रहँदा नागरिकको सेवा प्रवाह र विकास निर्माणको काममा पुर्याउनु भएको सहयोग, समन्वय, सहकार्य, गर्नहुने अध्यक्षज्यू, उपाध्यक्षज्यू, कार्यापालिका सदस्य, गाउँसभा सदस्य, गाउँपालिका केन्द्र तथा विषयगत शाखा, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा कार्यरत सम्पूर्ण कर्मचारी साथीहरु, राजनैतिक दलसंग आवद्ध पदाधिकारीज्यूहरु, शैक्षिक संस्थाका पदाधिकारी तथा शिक्षकहरु, प्रहरी साथीहरु, गैरसरकारी तथा सामाजिक संघ-संस्थामा आवद्ध सहकर्मीहरु लगायत सम्पुर्ण तीनपाटनवासीमा हार्दिक आभार व्यक्त गर्दछु ।

साथै नेपालीहरुको महान् चाड विजयादशमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा माताले सबैलाई चुनौतीहरुको सामना गर्दै उज्वल भविव्यको पथमा अग्रसर हुने शक्ति प्राप्त गर्न प्रेरण प्रदान गरुन । शुभकामना ।

विष्णु प्रसाद सुवेदी

प्रमुख प्रशासकिय अधिकृत

तीनपाटन गाउँपालिका