FAQs Complain Problems

सूचना तथा समाचार

कर्मचारी विवरण - Hospital

Body

गाउँपालिकाका प्रमुख प्रशासिक अधिकृत श्री राम कुमार कार्की, वडा नं. ९ का वडा अध्यक्ष श्री शेर बहादुर मगरद्धारा वडा नं. ९ स्थित आम्वोटेमा गरिव घरपरिवार परिचयपत्र वितरण कार्यक्रम ।

वडा अध्यक्ष

वडा नं १              गोबिन्‍द बहादुर राउत (९८५४०४२२३१)
वडा नं २             मुकुन्दप्रसाद पौडेल (९८५४०४२२३२)
वडा नं ३              लाल बहादुर स्यङ्तन (९८५४०४२२३३) 
वडा नं ४              खड्ग बहादुर भुजेल (९८५४०४२२३४)
वडा नं ५               भुपाल सिंह तामाङ (९८५४०४२२३५)
वडा नं ६              बीर बहादुर पुलामी (९८५४२०००७६)
वडा नं ७               युवराज पहाडी (९८४४२५३९१०)
वडा नं ८               कृष्णप्रसाद गौतम (९८४४०८१४२५)
वडा नं ९               मोहन गौतम  (९८२५८५०२९५)
वडा नं १०             पुण्यहरी भुजेल(९८५४२०४२२३०)
वडा नं ११             तिलक बहादुर बस्नेत (९८५४०४२२३६)

आयोजक, ट्रन्स्पारेन्सी  ईन्टरनेशनल नेपाल 

नेपालको मानचित्रमा प्रदेश नं. ३ को मध्यभागमा  अवस्थित सिन्धुली एक पहाडी जिल्लाहो । यस प्राकृतिक रुपमा यो जिल्ला भित्री मधेशको समथर भूमि देखि लिएर पहाडी भुभाग रहेको जिल्ला हो । तराईको चुरे क्षेत्र देखि लिएर पहाडी महाभारत सम्म फैलिएको यो जिल्ला झण्डै नेपालको नक्सा जस्तै पूर्व पश्चिम फैलिएको छ । यस जिल्लाको सदरमुकाम सिन्धुलीमाढी हो ।
सिन्धुली जिल्लाको ५० वटा गाविस मध्ये साविकका गा.वि.स. हरु बेलघारी,भिमस्थान, जरायोटार, बालाजोर, तोश्रामखोला, बाहुनतिल्पुङ, आम्बोटे र लाम्पानटार गाविसहरुलाई समायोजन गरी तीनपाटन गाउँपालिका गठन हो । यस गाउँपालिकामा साविकको आठ वटा गा.वि.स. हरु मध्ये भिमस्थान, जरायोटार र लाम्पानटार गाविसहरुलाई विभाजन गरी जम्माकुल ११ वटा वडा बनाईएको छ । यस गाउँपालिकाको जम्मा घरधुरी ६८७९ रजम्मा जनसंख्या ३६४०५ मध्ये पुरुष१७३६३ र महिला १९०२९ रहेको छ ।
ऐतिहासिक पृष्ठभूमी 
यस गाउँपालिकाको नाम“तीनपाटन” कसरी रहनगयो भन्ने इतिहास हेर्दा परापूर्वकालमा तिनपाटन भन्नाले उपत्यका भित्र रहेका वेलघारी, भीमस्थान र जरायोटार गा.वि.स को क्षेत्रलाई परिचित भएको पाईन्थ्यो । किम्बदन्ती अनुसार पाटनका राणा प्रधानमन्त्रीका आफन्तकी छोरीलाई दाईजो दिदा त्यस बखत पाटन जतिकै क्षेत्रफल भएको तीनवटा बराबर छ भनि भनेको हुँदा तीनपाटन नाम रहनगएको भनाई रहेको छ भने अर्को किम्बदन्ती अनुसार साविक भिमस्थान गाविसको वडा नं. ९ मा पाटादेवीको मन्दिर स्थापना भएको हुँदा तीनपाटान नामाकरण रहनगएको भन्ने भनाई छ । यसै प्रसिद्ध नामबाट यस गाउँपालिकाको नामकरण गरिएको हो ।

 

http://202.51.74.207/recent-palika-document/20009/np/  

Pages