FAQs Complain Problems

सूचना तथा समाचार

कर्मचारी विवरण - Hospital

Body

यस गाउँपालिकाको मिति २०७८।८।२३ गतेको निर्णय अनुसार आ.व. २०७८।७९ मा स्वीकृत भएका रु ५,००,०००।-(पाँच लाख ) सम्मका सम्पुर्ण योजनाहरु यसै गाउँपालिका मातहत रहेका वडा कार्यालयमा नै सम्झौता गरी योजना कार्यन्वयन गर्ने निर्णय भएकाले उक्त योजन सम्झौता बारे वडा सचिव ज्युहरुलाई एक दिवसिय प्रशिक्षक कार्यक्रम । साथै उक्त निर्णय २०७८।८।२६ गते आईतबारका दिन बाट सबै वडामा लागुहुने सम्पुर्ण सबैमा जानकारी गरिन्छ।

आज मिति २०८०/०७/०२ गतेका दिन तीनपाटन गाउँपालिकाका उपाध्यक्ष श्री धन बहादुर पुलामी (अशोक) ज्यूको संयोजकत्वमा गठित बजार अनुगमन समितिका सदस्यहरु एवं पालिकामा कार्यरत विभिन्न शाखा तथा उपशाखा प्रमुखहरुको उपस्थितिमा तीनपाटन गाउँपालिकाको चकमके र बाहुनतिल्पुङमा सञ्चालित विभिन्न किराना पसल, होटल लगायत अन्य पसलहरुको अनुगमन गर्ने क्रममा म्याद नाघेको खाद्य वस्तुहरु बरामद गरी उक्त वस्तु नष्ट गरिएको छ ।

यस रमणीय सुन्दर तीनपाटन गाउँपालिकामा विगत दुई वर्षदेखी कार्यरत रहँदा नागरिकको सेवा प्रवाह र विकास निर्माणको काममा पुर्याउनु भएको सहयोग, समन्वय, सहकार्य, गर्नहुने अध्यक्षज्यू, उपाध्यक्षज्यू, कार्यापालिका सदस्य, गाउँसभा सदस्य, गाउँपालिका केन्द्र तथा विषयगत शाखा, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा कार्यरत सम्पूर्ण कर्मचारी साथीहरु, राजनैतिक दलसंग आवद्ध पदाधिकारीज्यूहरु, शैक्षिक संस्थाका पदाधिकारी तथा शिक्षकहरु, प्रहरी साथीहरु, गैरसरकारी तथा सामाजिक संघ-संस्थामा आवद्ध सहकर्मीहरु लगायत सम्पुर्ण तीनपाटनवासीमा हार्दिक आभार व्यक्त गर्दछु ।

साथै नेपालीहरुको महान् चाड विजयादशमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा माताले सबैलाई चुनौतीहरुको सामना गर्दै उज्वल भविव्यको पथमा अग्रसर हुने शक्ति प्राप्त गर्न प्रेरण प्रदान गरुन । शुभकामना ।

विष्णु प्रसाद सुवेदी

प्रमुख प्रशासकिय अधिकृत

तीनपाटन गाउँपालिका

Pages

//