FAQs Complain Problems

सूचना तथा समाचार

कर्मचारी विवरण - Hospital

Body

नेपाल सरकारले नेपालको संविधान बमोजिम स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्चस्तरीय आयोगको २०७३ पुष २२ गतेको प्रतिवेदनलाई आधार लिई मिति २०७३ फाल्गुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय गरेको हो। यस तीनपाटन गाउँपालिका नेपालको बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा पर्दछ । २८०.२६ वर्ग.कि.मि. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा दुधौली न.पा.,पश्चिममा कमलामाई न.पा., उत्तरमा गोलान्जोर गा.पा. र दक्षिणमा कमलामाई न.पा. पर्दछन् । यस गाउँपालिकालाई मिति २०७३ फाल्गुन २२ गते साविकको वेलघारी, भिमस्थान, जरायोटार, बालाजोर, तोश्रामखोला, बाहुनतिल्पुङ्ग, आम्वोटे र लाम्पन्टार गा.वि.स. समाबेश गरी जम्मा  ११ वडा कायम गरिएको छ ।

यस गाउँपालिकाको कार्यालय जिल्ला सदरमुकाम सिन्धुली बजारबाट ३८ कि.मि  टाढा रहेको छ ।

यस गाउँपालिकाद्धारा संचालित घरधुरी तथ्याङ्क सर्वेक्षण, २०७५ अनुसार गाउँपालिकामा अक्सर बसोबास गर्ने कुल ३६,०६२ जनसंख्या रहेको छ । जातजातिको आधारमा जनसंख्या विवरणलाई हेर्दा सवैभन्दा धेरै ३३.९६ प्रतिशत मगर, दोस्रोमा १४.६५ प्रतिशत तामाङ्ग, तेस्रोमा १०.९८ प्रतिशत क्षेत्री, चौथो र पाँचौमा क्रमश नेवार १०.६४ प्रतिशत र पहाडी ब्राह्ममण ९.३७ प्रतिशत रहेको छ । त्यसैगरी सार्की, कामी, दमाई/ढोली, घर्ति/ भुजेल, माझी र अन्य जातजातिहरुको पनि बसोबास रहेको छ ।

गाउँपालिकाको ओषत पारिवारिक आम्दानीमा कृषि व्यावसयको सबैभन्दा ठुलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य श्रोतहरुमा व्यापार, व्यवसाय, लघुउद्योग, जागिर साथै आन्तरिक र बैदेशिक रोजगारी हुन् । परम्परागत प्रणालिको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा क्रमश आधुनिक जीवनशैलीमा समेत अभ्यस्त हुदैछन् ।अध्ययनका लागि यस गाउँपालिकाका शैक्षिक संस्थाहरुमा स्थानीय विद्यार्थीका अलवा अन्य छिमेकी गाउँपालिका/ नगरपालिका तथा जिल्लाबाट समेत आउने गरेका छन् ।अधिकांश घरमा विद्युत सुविधा पुगेता पनि गाउँपालिकाका केहि क्षेत्रमा भौगोलिक विकटताका कारण विद्युत सुविधा अभाव छ ।

ऐतिहासिक पृष्ठभूमी

इतिहासमा तीनपाटनको फाँट वीर सम्शेरले विवाह गर्न दाइजोको रुपमा ल्याएको एक लक्ष्मी नाम गरेकी महिलालाई ल्याइतेको रुपमा व्यवहार गरेको र पछि तिनैले महारानीको भूमिका खोज्दा उनलाई सो अधिकारबाट अलग बनाउन तीनपाटन क्षेत्रलाई विर्ताको रुपमा दिई उनका खलकलाई नेपाल उपत्यकाबाट धपाएको भन्ने छ ।

हालको सिन्धुली जिल्ला विगतमा रामेछाप जिल्लामा पर्दथ्यो । पूर्व २ नं रामेछाप सिन्धुली अदालतको इलाका प्रगन्ना तिनपाटन भने लेखिन्थ्यो । २०१७ सालमा पञ्चायती व्यवस्था लागु गरेपछि सरकारले क्षेत्र मिलाउन रामेछापबाट कटौती गरी सिन्धुली जिल्ला बनाएको हो र त्यसपछि गढी गौँडा छाडी सदरमुकाम सिन्धुली माढीमा झरेको हो ।

तीनपाटन फाँटलाई किन “तिनपाटन” भनिएको रहेछ भनेर खोतल्दा निम्न आधारहरु भेटिएका छन् । पहिलो त उनै महारानीले मेरो बिर्ता कति छ ? भन्ने बुझ्न चाहँदा तत्काल परिमाणात्मक तथ्य केही नहुँदा ललितपुर पाटनको तिन वटा पाटन जति छ तिम्रो बिर्ता भनी महारानीलाई बुझाएको कुरा सार्वजनिक भएपछि फाँटको मात्र होइन पुरै बिर्ताको नाम नै तिनपाटन भएको बुझिन्छ ।

दोस्रो उक्त बिर्तावाला निकाला हुनुभन्दा अघि पुरै पाटनका अधिपति थिए भनिन्छ । आफू बाहिरिनुपर्दा सोहि पाटनको तीनपाटन बराबर अड्कली यो बिर्ता क्षेत्र सट्टा लिएर निक्लिएको पुरै बिर्ता क्षेत्र तिनपाटन हो भन्ने कसैको कथन छ ।

तेश्रो, धेरै अघि कुनै भुरेटाकुरे टिपाट वंशका रजौटा हालको भिमथान गा.वि.स कोटगाउँ आख्ले डाँडामा बसी यस क्षेत्रको राज्य गर्दथे । टिपाट राजवंशले यसै फाँटबाट खाद्यान्न भन्डार गर्ने भएकाले टिपाट फाँट भनिएकोमा यसको अपभ्रंश भई तिनपाटन फाँट भएको हो भन्ने चित्त बुझ्दो आधारको लोक सम्मति पाइन्छ । आफ्नो टिपाट बंशको चीर स्थायित्वको लागि आख्ले डाँडा राजमहल मुनि स्थापना गरेको टिपाटदेवीको कालान्तरमा टि छुटी पाटनदेवीका नामले प्रसिद्ध देवि मन्दिर अद्यावधि छँदै छ ।

२०१७ सालमा यो क्षेत्रको सेरोफेरोलाई पाटन देवी गाउँ पञ्चायत नामाकरण गरिएको भन्ने भनाई छ । टिपाट वंशकाराजा रजौटाहरूको चलन अनुसार बडादशैँमा कोट र फूलपाती पूजा गरेको गाउँलाई कोटगाउँ भनिएको रहेछ । साथै यस क्षेत्रकी बिर्तावालका वंश प्रताप शमशरले महाभारत र मधेश देखिने रमणीय रानीचुरी डाँडामा १९९८ साालमा “आराम भवन” नामक भवन बनाएर राज्य गर्दै २००६ सालमा महाभारतको सबैभन्दा अग्लो स्थान आलुबारी भन्ने ठाउँमा पनि गिरिराज भवन बनाउन रैतीहरूलाई काठ बोकाएका थिए । तर भवन बनाउन सफल नहुँदै बिर्ता खारेज भएकाले कार्य छोडिएको बताइन्छ । २०१९ सालमा सोही काठले श्री पाटनदेवी रा.प्रा. स्कूल कोटगाउँ को भवन बन्यो ।

यसैगरी २०१८ साल अगाडि तीनपाटन फाँटमा पनि औँलो आग्ने हुँदा दिनभरि खेतिपातीको काम भ्याएर औलोबाट बच्न बास बस्न शिखर लाग्नुपर्दथ्यो । त्यस्ता शिखरहरूमा – कत्लेशिखर, थुम्कीशिखर, घैरेशिखर, कसाईशिखर, नेपालेशिखर, रानाशिखर, जखनीशिखर, नयाँशिखर, क्वान्द्रेशिखर, कामीशिखर, डुँडेशिखर, जोगिशिख र डाँडाहरुमा आँपडाँडा, टाउकेडाँडा, सिपालीडाँडा, पौवाडाँडा, राम्चे डाँडा, सार्कीडाँडा, हायूडाँडा, कुमालेडाँडा, झिल्कनेडाँडा, दुम्कीडाँडा र तिलङ्गेडाँडा साथसाथै थुम्काहरुमा बेलीथुम्का, बर्सिङ्गथुम्का र भुब्ग्रेथुमका समेत यस क्षेत्रका प्राचीन शिखरहरु हुन् । तीनपाटन फाँटभरिप्रमुख खेतीयोग्य क्षेत्रहरूमा – हायूटार (हाल भिमथानटार), चिसापानीटार, आइतबारेटार, कामीटार (हाल बाहुनटार), जन्तरेटार, ताप्केटार, भालुटार, ठकुरीटार, खत्रीटार, कर्कलेटार, भुकुनेटार र रातमाटेटार, निबुवाटार, नक्कलेटार, नर्कटेटार, बजिनीटार, बोक्सेटार,चिलाउनेटार, झार्लाब्टार र दोभानटार थिए भने कोइरालाडिही (हाल भवानी उच्च मा.वि. भएको ठाउँ), झुँगा गाउँ, भंडार गाउँ, भारागाउँ, कदमे गाउँ, चिसापानी गाउँ र खमारे बेँसी (हाल जोगेखोला) समेतका बस्तीले ओगटेको क्षेत्र नै तीनपाटन हो ।

यस क्षेत्रले इष्टदेवताको रुपले मानेको प्रमुख देवी देवता तथा शक्तिपिठहरू पाटन देवी, महांकाल देवी, रक्तमाला र जलकन्या देवीका साथै आइतबारे, गोरेसिद्ध र कोइरालाका वायू (बुढाबराज्यै) प्रसिद्ध देवता हुन् । अन्य सेरोफेरोका भग्नावशेषहरुमा कोटगाउँको ठाँटी कोइराला र कत्लेशिखर पुछारको खेटराज पाध्य अधिकारीले बनाएको बताइन्छ । यस भन्दा अर्को यस फाँटको प्राचीन सौं खानी, छिमेकी बालाजोर भोगटेनीको तामा खानी बालाजोकै वडा नं. ४ र ५ गैरीखानीको फलाम खानी समेतको सही सदुपयोग गर्न तीनपाटन फाँट सेन्टर पर्ने हुँदा यो फाँट कृषि तथा औद्योगिक क्षेत्रको रुपमा विकास गर्न सक्ने प्रबल सम्भावना देखिन्छ ।

 

सुरेन्द्र प्रधान 

प्रमुख प्रशासकिय अधिकृत 

खुल्ला सदस्य - वडा नं. १

खुला  सदस्य

महिला सदस्य

 

यस गाउँपालिकाको वडा नं. १ मा कुल २६ वटा बस्तीमा जम्मा ८५५ घरधुरी र ४४२६ जनसंख्या रहेका छन् । सो मध्ये ट्याम्के बस्तीमा सवैभन्दा कम ३ घरधुरी संख्या र जम्मा १४ जना जनसंख्या रहेका छन् भने सबैभन्दा धेरै छरछरे वस्तीमा १०१ घरधुरी र  ५४७ जना जनसंख्या रहेका छन् ।

 

निर्वाचित पदाधिकारी

सि.नं. नाम थर  पद सम्पर्क नं.
   १      श्री गोविन्द बहादुर राउत     वडा  अध्यक्ष      ९८४४५३२४१९    
श्री एक बहादुर चुहान खुला सदस्य ९७४२४२१३२८
श्री रविन्द्र कुमार मगर खुला सदस्य  
श्री दुधकुमारी ठकुरी  महिला सदस्य ९८५४०४२२३९
श्री पार्वती कुमारी सार्की    दलित महिला सदस्य      ९८६६३७८८३५

 

कार्यालयमा कार्यरत कर्मचारीहरु

सि.नं. नाम थर पद सम्पर्क नं.
   श्री माधव प्रसाद काफ्ले    सहायक       ९८६५१४३०२०       
श्री डम्बर बहादुर आले कम्प्युटर अपरेटर ९८०३३४९४३०
श्री लक्षमण कार्की ना.प.से.प्रा ९८१५८५५५०३
श्री होम बहादुर खपाङ्गी कार्यालय सहयोगी ९८६३२०३९०९

 

ईमेलः ward1@tinpatanmun.gov.np

Pages